गोरखा, ३१ भदौ । गोरखा अस्पताललाई करिब ३ लाख बराबरको साहयता सामग्री प्रदान भएको छ । एकिकरण नेपाल गोरखाले अपाङ्गता भएका व्यक्तिहरुको ३ लाख बराबरको सहायता सामग्री हस्तान्तरण गरेको हो ।
उक्त सामग्री आज एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर रानाले गोरखा अस्पतालको व्यवस्थापन समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । गाोरखा अस्पतालको आवश्यकता, हाल सम्मको प्रयोगको अवस्थालाई मध्यनजर गर्दै सायहता सामग्री खरिद गरि हस्तान्तरण गरिएको संस्थाका कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिनुभयो ।
प्राप्त सायहता सामग्रीमा विभिन्न साइजको वाकर, ट्वाईलेट चियर, ह्वीलचेयर, वैशाखी लगायत फिजियोथेरापी संग सम्वन्धित सामग्री भएको गोरखा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन डा हरि कुमार श्रेष्ठले बताउनुभयो । एकिकरण नेपाल गोरखाले विगत ५ वर्षदेखि ह्याण्डिक्याप ईन्टरनेशनलको आर्थिक सहयोगमा गोरखा अस्पतालमा फिजियोथेरापी सेवा प्रदान गरिरहेको छ ।