Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

अनेम संघ क्रान्तिकारी बारपाक सुलिकोट गाउँपालिका समितिको अध्यक्षमा पनेरु


2.6K
Shares

अनेम संघ क्रान्तिकारी बारपाक सुलिकोट गाउँपालिका समितिको अध्यक्षमा पनेरु

गोरखा, ३० भदौं । अखिल नेपाल महिला संघ क्रान्तिकारी बारपाक सुलिकोट गाउँपालिका स्तरीय भेला आज सम्पन्न भएको छ । भेलाले जानुका पनेरुको अध्यक्षतामा २५ सदस्सीय अनेमसंघ क्रान्तिकारी बारपाक सुलिकोट गाउँपालिका समिति चयन गरेको हो । भेलाले उपाध्यक्ष बिष्णु गुरुङ, सचिवमा दिलकुमारी गुरुङ, सहसचिवमा तिलकुमारी गुरुङ र कोषाध्यक्षमा आशिका गुरुङ चयन हुनुभएको हो ।

भेलामा गाउँपालिका पालिकाकी उपाध्यक्ष तथा पार्टीको गण्डकी प्रदेश समितिकी सदस्य सनमाया गुरुङ, नेताहरु शुभप्रभात नेपाली, वडा नम्बर ६ का वडाध्यक्ष बाबुलाल गुरुङ लगायतको अतिथ्यता रहेको थियो ।

भेलालाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएकी नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रकी केन्द्रीय सदस्य भगवती तिवारीले अनेमसंघ क्रान्तिकारीले पार्टी निर्माणमा खेलेको भूमिका अतुलनिय रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology