Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा जिपको ठक्करबाट १८ बर्षका एक युवकको मृत्यू


1.8K
Shares

गोरखामा जिपको ठक्करबाट १८ बर्षका एक युवकको मृत्यू

गोरखा, ३० भदौ । गोरखाको मझुवामा जिपको ठक्करबाट एक युवकको मृत्यु भएको छ । गोरखा–आँबुखैरेनी सडक खण्ड अन्तरर्गत पर्ने वडा नम्बर १३ स्थित मझुवा प्रहरी चौकी नजिकै बुधबार बोलेरो जिप र मोटरसाईकल एक आपसमा ठक्कर खादा गम्भीर घाइते हुनुभएका मोटरसाइकल चालक गोरखा नगरपालिका वडा नम्बर ७ निवासी १८ बर्षिय आशिष बस्यालको मृत्यु भएको हो ।

गम्भिर घाईते भएका मोटरसाईकल चालक बस्यालको उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

बस्यालको उपचारको क्रममा नै बुधबार नै मृत्यु भएको हो । गोरखाबाट आवुखैरेनी तर्फ जाँदै गरेको ग. २ च २२९१ नम्बरको बोलेरो जिप र आँबुखैरेनीबाट गोरखा बजार तर्फ आउँदै गरेको बा. ५६ प २४०८ नम्बरको मोटसाईकल एक आपसमा ठक्कर खाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology