गोरखा, २९ भदौं । रोटरी क्लब अफ गोरखाले गोरखा नगरपालिकालाई व्हिलचेयर प्रदान गरेको छ । नगरपालिका भित्र रहेका अपांगता भएका व्यक्तिलाई बितरण गर्नका लागी नगरपालिकाले ३ थान ह्विलचेयर प्रदान गरेको क्लबले जनाएको छ ।
क्लबले नगरपालिका प्रमुख कृष्णबहादुर रानामगर, उपप्रमुख मसलीमाया थोकर (सपना पुन), प्रमुख प्रशासकिय अधिकृत ज्ञाननाथ ढकाल लगायतको उपस्थिती ह्विलचेयर प्रदान गरेको हो ।