Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

भीमसेन थापा गाउँपालिकामा बिपत व्यवस्थापन सम्बन्धी तालिम


2.6K
Shares

भीमसेन थापा गाउँपालिकामा बिपत व्यवस्थापन सम्बन्धी तालिम

गोरखा,२८ भदौं । गोरखाको भीमसेन थापा गाउँपालिकामा २ दिने बिपत व्यवस्थापन सम्बन्धी तालिम सुरु भएको छ । पालिका भित्र सम्भावित विपतको जोखिम न्युनिकरण तथा व्यवस्थापनका बिषयमा जानकारी प्रदान गर्न तालिम सञ्चालन भएको  गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) ले जानकारी दिनुभयो ।

तालिममा सम्बन्धित पालिकाका अध्यक्ष, उपाध्यक्ष सहित प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिकाका सदस्य साथै पालिकाका विभिन्न शाखा प्रमुखहरुको सहभागितामा रहेको जनाइएको छ । सो अबसरमा सम्भावित विपद जोखिम व्यवस्थापन र सुरक्षा लगायतका बिषय तथा त्यसको रोकथामका लागि अपनाउनु पर्ने योजनाका बिषयमा सहभागीहरुलाई तालिम प्रदान गरिएको जनाइएको छ । तालिमलाई एनसेटका प्रतिनिधी नरेश ओझाले सहजीकरण गर्नुभएको छ ।

तालिमका क्रममा सम्भावित विपदका प्रकार, विपदको अवस्था, पूर्वानुमान, सम्भावित विपदका संकेत तथा त्यसबाट जोगिन अपनाउनु पर्ने उपाय, सुरक्षाको मापदण्डका बारे प्रशिक्षण गराइएको छ । त्यस्तै विपद जोखिम न्युनिकरण व्यवस्थापन, प्रतिकार्य, पुनर्लाभ, पुनः निर्माण, पुनःस्थापना लगायत जोखिमको व्यवस्थापनका सम्पुर्ण चरणमा स्थानीय तहको भुमिकाका बारे छलफल, अन्तरकृया लगायतका माध्यमबाट सहभागीलाई क्षमता अभिवृद्धि गराइने आयोजकले जनाएको छ ।

गाउँपालिका अध्यक्ष बन्जरा (अक्कल) को अध्यक्षतामा भएको कार्यक्रममा गोरखाका साहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, गाउँपालिकाकी उपाध्यक्ष अमृतादेवी वस्ती (भट्ट) लगायतको आतिथ्यता रहेको थियो । तालिम बुधबार सम्पन्न हुने गाउँपालिकाले जनाएको छ । यूएसआइडी बाह को सहयोग अन्तरगत अन्तराष्ट्रिय आप्रवासन संगठन आइओएम मार्फत नेपाल नगरपालिका संघ र नेपाल गाउँपालिका महासंघको सहकार्यमा तालिमको आयोजना गरिएको हो । तालिमलाई भूकम्प प्रविधी राष्ट्रिय समाज नेपाल, लुथरन वल्ड फेडेरेसन र प्राक्टिक एक्सन कन्सल्टेन्टले सञ्चालन गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology