गोरखा, २८ भदौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गोरखा जिल्ला शहिद लखन गाउँ समितिको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । बैठकले आगामी असोज ९ गतेभित्र पालिका भित्रका सवै वडा पार्टी समितिको बैठक भेला तथा प्रशिक्षण सम्पन्न गर्ने निर्णय गरेको गाउँपालिका समितिका सहसचिव एवम प्रचार बिभागका प्रमुख भरत खनालले जानकारी दिनुभयो ।
बैठकमा प्रमुख अतिथि समेत रहनु भएका पार्टीका केन्द्रीय समितिका सदस्य तथा गोरखा जिल्लाका सहइन्चार्ज अमर तमुले आगामी निर्वाचनलाई लक्षित गरी सवै तहका समितिलाई चलायमान बनाउनु पर्नेमा जोड दिनुभयो ।
बैठकमा पार्टी केन्द्रीय सदस्य तथा गोरखा जिल्ला प्रतिनिधि १ (क) का इन्चार्ज लेखबहादुर थापामगर, पार्टी गण्डकी प्रदेश सदस्य रमेशकुमार श्रेष्ठ, पार्टी गण्डकी प्रदेश सल्लाहकार सदस्यहर देवराज खनाल, नारायणबाबु वराम, पार्टी गण्डकी प्रदेश परिषद सदस्य हितमान सुर्खेती ,यमबहादुर थापामगर, एकिकृत अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य राजन अम्गाई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम गाउँपार्टी समितिका अध्यक्ष रमेशबाबु थापामगरेको अध्यक्षतामा सम्पन्न भएको हो ।