गोरखा, २८ भदौ । ब्रिटिस आर्मीमा जान ट्रेनिङ सेन्टर बस्दै आएका गोरखाका एक युवकको काठमाडौंस्थित एक होस्टलको छतबाट खसेर मृत्यु भएको छ ।
सामाखुसीमा रहेको क्रिसटल ब्वाइज होस्टलको तेस्रो तल्लाबाट खसेर बारपाक सुलिकोट गाँउपालिका वडा नं. ६ का विकेश गुरुङको मृत्यु भएको हो । सोमबार बिहान १० बजे तिर होस्टलको छतबाट खसेर घाइते भएका गुरुङलाई उपचारको लागी त्रिवि शिक्षण अस्पताल लागिएको थियो ।
उपचारको क्रममा गुरुङको मृत्यु भएको वडाध्यक्ष बाबुलाल गुरुङले जानकारी दिनुभयो । ब्रिटिस गोरखामा जान बिगत एक वर्षदेखि उनी उक्त होस्टलमा बस्दै आएको उहाँले बताउनुभयो । घटना बारे थप अनुशन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।