Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा नगरपालिका स्थित शिवालय मन्दिरमा प¥यो ठूला भ्वाङ्ग (फोटो फिचर सहित)


2.9K
Shares

गोरखा नगरपालिका स्थित शिवालय मन्दिरमा प¥यो ठूला भ्वाङ्ग (फोटो फिचर सहित)

गोरखा, २८ भदौ । गोरखा नगरपालिका वडा नम्बर ११ स्थित बाह्रकिलोमा रहेको शिवालय मन्दिर प्राङगढमा ठूलो भ्वाङ्ग परेको छ । गएराती मन्दिर अगाडीको जमिन भासिएर भ्वाङ्ग परेको स्थानीय बासी अमृत लामिछाने (सुरेन) जानकारी दिनुभयो ।

‘मन्दिरलाई नै छोएर जमिन भासिएर ठूलो खाडल बनेको छ, उहाँले भन्नुभयो, ‘खाडल झण्डै ३० फिट गहिरे परेको छ ।’ जमिन भासिएपछि मन्दिर समेत जोखिममा परेको उहाँले बताउनुभयो । वडा कार्यालयको ५ लाख रुपैयाको लागत र स्थानीयबासीहरुको जनश्रमदानमा गएको बर्ष उक्त मन्दिर निर्माण सम्पन्न भएको थियो ।

गत बर्ष शिवरात्रीको दिन उक्त मन्दिरको उद्घाटन गरिएको थियो । मन्दिर उद्घाटनका दिन मन्दिर भित्र सर्प आएर बसेपछि भक्तजन तथा स्थानीयबासीहरुले नाग देवता भएको भन्दै पुजाआजा समेत गरेको थिए । तस्विर ः अृमत लामिछाने (सुरेन)

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology