गोरखा २७, भदौ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा किसानहरुलाई प्राङ्गारिक,जैबिक मल तथा बिषादी बनाउने तालिम प्रदान गरिएको छ । गाउँपालिका कृषि शाखाको आयोजनामा किसानहरुलाई दुईदिने तालिम प्रदान गरिएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

वडा नम्बर ५ स्थित लाकुरीबोटमा आयोजित तालिममा पालिका भित्रका ३५ जना किसानहरुको सहभागिता रहेको थियो । उक्त तालिम, सोमबार तालिमको गाउँपालिका अध्यक्ष भट्टले समापन गर्नुभएको हो । तालिमको आइतबार उपाध्यक्ष सनमाया गुरुङले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो ।