गोरखा, २६ भदौ। नेपाल शिक्षक महासंघ जिल्ला समिति गोरखाको अध्यक्षमा गोपाल बाबु मरहट्टा चयन हुनु भएको छ।
शनिवार बसेको समितिको बैठकले उहाँलाई सर्वसम्मत अध्यक्ष पदमा मनोनित गरेको हो ।
यसअघि अध्यक्ष रहेका ध्रुव भट्टले उमेर हद म्यादका कारण शिक्षण पेशाबाट अवकाश लिएपछि अध्यक्ष पद रिक्त रहेको थियो । सोही रिक्त पदमा मरहट्टालाई मनोनित गरिएको समिति सह–अध्यक्ष राजनबाबु कट्टेलले जानकारी दिनुभयो
एकीकृत अखिल नेपाल शिक्षक संगठनका बरिष्ठ उपाध्यक्ष समेत रहेका मरहट्टा गोरखा नगरपालिका–१० कुन्दुरटार स्थित महेन्द्र माविका प्रधानाध्यापक समेत हुन् ।