Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बारपाक सुलिकोटको लाकुरीबोटस्थित जलकन्यादेवी माविले दस जोड दुई कक्षा सञ्चालन गर्ने


1.9K
Shares

बारपाक सुलिकोटको लाकुरीबोटस्थित जलकन्यादेवी माविले दस जोड दुई कक्षा सञ्चालन गर्ने

गोरखा, २६ भदौ । गोरखा बारपाक सुलिकोट–५ को ताकुमाझ लाकुरीबोट स्थित जलकन्यादेबी माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्र २०८० बाट दस जोड दुई कक्षा सञ्चालन गर्ने भएको छ । काठमाण्डौमा आयोजित एक भेलाबाट दश जोड दुई कक्षा संचालनको लागि पूर्व प्रमुख निर्बाचन आयुक्त दोलखबहादुर गुरुङको संयोजकत्वमा ११ सदस्यीय समिती समेत निर्माण गरिएको छ । बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष नीरबहादुर थापाको अध्यक्षतामा भएको भेलाले समिती निर्माण गरेको हो ।

भेलामा संयोजक गुरुङले कक्षा संचालन अहिलेको अपरिहार्य आवश्यकता भएको भन्दै सबैलाई सहयोग गर्न अनुरोध गर्नुभयो । गुरुङले त्यस क्षेत्रको बालबालिकाको लागि गुणस्तरीय शिक्षाको दश जोड दुई कक्षा संचालनमा आफुले सक्दो सहयोग प्रतिबद्धधता ब्यत्त गर्नु भएको थियो । भेलामा सहभागी भएकाहरुलाई विद्यालयका प्रधानाध्यापक उमाकान्त ढकालले २८ वटा पक्की कक्षा कोठा, लाईब्रेरी, कम्प्युटर ल्याब, खेलकुद मैदान लगायत सबै पुर्वाधार र सुबिधा भएकोले कक्षा सञ्चालनमा समस्या नहुने जानकारी गराउनु भयो ।

भेलामा विद्यालयका पुर्व प्रधानाध्यापक टीकादेबी गुरुङले बिगतको इतिहासबाट पाठ सिकेर अघि बढे सजिलै कक्षा संचालन गर्न सकिने बताउनुभयो । बिगतमा भौतिक पूर्वाधार र आर्थिक अभाव हुदा पनि स्थानिय अभिभावकको साथ र सहयोगले निमाबि र माबि संचालन गर्न सफल भएको भन्दै सबैको सहयोग भएको खण्डमा ११ र १२ कक्षा पनि संचालन गर्न सकिने उहाँको भनाई छ ।

भेलामा समृद्ध ताकु युवा समाजका राजु खड्का, राजन लामिछाने, राजेन्द्र रायमाझी, शिक्षा सेवी बासुदेव भट्ट ज्ञानेन्द्र भट्ट, मेघबिलास भट्ट, बिजय खडका, देबेन्द्र पोख्रेल लगायतले आ–आफ्नो धारणा राखेका थिए । यस अघि नै बिद्यालयमा भएको सर्वपक्षीय भेलाले दश जोड दुई कक्षा संचालन गर्ने निर्णय गरेको थियो । विद्यालयले व्यवस्थापनमा कम्युटर बिषय अध्यापन गराउने जनाएको छ ।

कक्षा सञ्चालनको लागि विद्यालयले ५० लाखको अक्षय कोष निर्माण गर्ने लक्ष्य राखेको छ । सो को लागि दोलखबहादुर गुरुङ र टीकादेबी गुरुङ बाट २ लाख ५० हजार, बारपाक सुलिकोट गाउँ पालिका अध्यक्ष बिष्णुप्रसाद भट्ट बाट १ लाख, पुर्व वडा अध्यक्ष गोपालबहादुर गुरुङबाट ५० हजार पदमबहादुर थापा कुमालटारीबाट ५० हजार र विद्यालयका प्रधानाध्यापक उमाकान्त ढकालले ५० हजार अक्षय कोषमा जम्मा हुने गरी प्रदान गरिसकेको पनि विद्यालयले प्रशासनले जनाएको छ ।

बि.स २००९ सालमा स्थापित सो विद्यालयले २०५१ सालबाट एसएलसी परिक्षामा सहभागी हुदै आएको छ । बिद्यायल यस बर्षको एसईईमा बारपाक सुलिकोटमै प्रथम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology