Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पालुङटार नगरपालिका स्तरिय बक्क्तृत्वकला प्रतियोगितामा अमर ज्योती मा.वि प्रथम


1.9K
Shares

पालुङटार नगरपालिका स्तरिय बक्क्तृत्वकला प्रतियोगितामा अमर ज्योती मा.वि प्रथम

गोरखा, २५ भदौ । गोररखाको पालुङटार नगरपालिकाले विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आज नगरपालिका स्तरिय बक्क्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

नगरपालिकाको आयोजना र इलाका प्रहरी कार्यालय, ठाँटीपोखरी तथा कोशिस नेपालको समन्वयमा ‘आत्महत्या रोकथाममा बिद्यार्थीको भुमिका बिषयमा’ भएको प्रतियोगितामा अमर ज्योती माध्यमिक बिधालयका विवेचना देवकोटा प्रथम भएका छन् ।

त्यस्तै युनाईटेड बोर्डिङ स्कुलकी सैन्दर्या घिमिरे द्धितिय र ठाँटीपोखरी बाल ज्योती बोर्डिङ स्कुलकी रोमिशा रानाभाट तृतिया हुनु भएको नगर प्रमुखका स्वकिय सचिव अशोक मराठ्ठाले जानकारी दिनुभयो । यसैगरी धर्मोदय माध्यमिक बिधालयका अनिश तामाङ सान्तवना हुनु भएको छ ।

प्रतियोगितका बिजयी बिधार्थीहरुलाई नगर उप प्रमुख बन्दना पाण्डे र प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले संयुक्त रुपमा पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो । प्रतियोगितामा ८ बिद्यालयका प्रतिस्पर्धी विद्यार्थी रहेका गाँउपालिकाले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology