गोरखा, २४ भदौ ः गोरखाको भीमसेन थापा गाउँपालिका भित्रका सामुदायिक बिधालयहरुमा शैक्षिक गुणस्तर सुधारका लागी सार्थक बालसिकाई सुरु भएको छ । गाउँपालिकाले रातो बंङ्गला साझेदारी कार्यक्रमसंग पालिका भित्रका बाल कक्षाहरुलाई थप प्रभावकारी बनाउन समझदारी पत्रमा हस्ताक्षर भएसगै पालिका भित्र बिधालयहरुमा सार्थक बालसिकाई सुरु भएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।
‘बालकक्षाका साथै प्राथामिक तथा माध्यामिक कक्षाका बिधार्थीहरुको किताब पढ्ने बानीको बिकास गर्न लागी प्रबिधिको प्रयोग मार्फत शिक्षण सिकाई अघि बढाउन लागी पनि यो कार्यक्रम महत्वपूर्ण छ, उहाँले भन्नुभयो, ‘सम्झौतामा कार्यक्रमले पालिका भित्रका साझेदार बिधालयहरुलाई अध्ययनमा प्रोत्साहान गर्नका लागी प्राबिधिक सामाग्री सहितका शैक्षिक सामाग्री समेत उपलब्ध गराएको छ ।’
कार्यक्रमले पालिका भित्रका बिधालयहरुलाई स्मार्ट टेलिभिजन, टेलिभिजन ¥याक, बालकक्षाका लागी किताबहरु, बालकक्षाका लागी खेल तथा संगीत सामाग्रीहरु उपलब्ध गराएकोे उहाँले बताउनुभयो । त्यस्तै बालकक्षाका लागी नै अन्य शैक्षिक सामाग्रीहरु, ब्लक्स तथा ब्लक्स राख्ने सामग्री पनि कार्यक्रमले गाउँपालिका मार्फत साझेदार बिधालयहरुलाई उपलब्ध गराउने अध्यक्ष बन्जराले जानकारी दिनुभयो ।
सहमती पत्रमा कार्यक्रमले उपलब्ध गराएको स्मार्ट टेलिभिजनमा देखाइने श्रव्यदृष्य सामाग्री रातो बङ्गला साझेदारी कार्यक्रमले बिधालयहरुलाई उपलब्ध गराएको र आबश्यकताका आधारमा बिधालयले समेत तयार गर्न सक्ने उल्लेख छ । त्यस्तै गाउँपालिका भित्रका बिधालयहरुलाई अग्रेजी तथा नेपाली साहित्यका किताबहरु समेत कार्यक्रमले उपलब्ध गराउने गाउँपालिका शिक्षा शाखा प्रमुख यानबहादुर नेपालीले जानकारी दिनुभयो ।
‘कार्यक्रमले उपलब्ध गराएको किताबको व्यवस्थापनका लागि सम्बन्धित बिधालयहरुले पुस्तकालय वा अन्य छुट्टै व्यवस्था गर्नुपर्नेछ, उहाँले भन्नुभयो, अब हरेक कक्षामा पुस्तकालय प्रयोगको समय तालिका तोकिनुपर्नेछ ।’ सम्झौता पत्रमा हरेक बर्षका अन्त्यमा साझेदार बिधालयका प्रधानध्यापकहरुले सार्थक बालसिकाई कार्यक्रमले पालिका भित्रका आ–आफ्ना बिधालयहरुमा ल्याएका परिवर्तनहरुलाई समेटेर प्रतिबेदन तयार पारी रातो बंङ्गला साझेदारी कार्यक्रम र गाउँपालिका बुझाउनु पर्ने उल्लेख छ ।
यो कार्यक्रम गाउँपालिका भित्र रहेका ३६ वटा बिधालयहरु लागू हुने शिक्षा शाखाका प्रमुख नेपालीले जानकारी दिनुभयो । समझदारी पत्रमा रातो बंङ्गला कार्यक्रमका तर्फबाट संयोजक अर्चना जोसी र गाउँपालिकाका तर्फबाट गाउँपालिका शिक्षा शाखाका प्रमुख यानबहादुर नेपालीले हस्ताक्षर गर्नुभएको छ । यसअघि रातो बंङ्गला साझेदारी कार्यक्रमले गाउँपालिका सवै बिधालयका प्रधानध्यापक तथा बालकक्षाका शिक्षकहरुलाई शिक्षण सिकाईका लागि तालिम समेत प्रदान गरेको थियो ।