Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

भीमसेन थापा गाउँपालिकामा साक्षरता दिवसको अबसरमा बक्तृत्वकला प्रतियोगिता


2.4K
Shares

भीमसेन थापा गाउँपालिकामा साक्षरता दिवसको अबसरमा बक्तृत्वकला प्रतियोगिता

गोरखा, २३ भदौ । गोरखाको भीमसेन थापा गाउँपालिकाले ५६ औ अन्तराष्ट्रीय साक्षरता दिवसको अवसरमा विहिबार बक्तृत्वकला प्रतियोगिताको सम्पन्न गरेको छ । गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना भएको प्रतियोगितामा पालिका भित्रका माध्यामिकत तहका बाह्र बिधालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा वडा नम्बर ८ स्थितश्री जागेश्वर माध्यमिक बिधालय महादेवटारकी छात्रा उषा थापा प्रथम हुन सफल हुनुभएको छ । त्यस्तै वडा नम्बर १ स्थित श्री दुल्लभ माध्यमिक बिधालय घ्याम्पेसालका छात्र सरुन भट्ट दोस्रो र बवडा नम्बर ८, स्थित श्री सरस्वती माध्यमिक बिधालय बोर्लाङकी छात्रा करिस्मा श्रेष्ठ तेस्रो हुनु भएको माओबादी केन्द्र भीमसेन थापा गाउँपालिकाका उपाध्यक्ष सागर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा श्री पाटनदेवी माध्यमिक बिधालय का छात्र कृतन ढकालले सान्तवना स्थान प्राप्त गर्नुभएको छ । प्रतियोगितमा बिजयी बिधार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology