Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न


1.3K
Shares

गोरखामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

गोरखा, २३ भदौ । गोरखामा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटि गोरखा शाखाको प्राबिधिक सहयोग तथा लायन्स क्लव अफ गोरखा र रिलायबल नेपाल लाइफ ईन्स्योरेन्स लिमिटेड आबुखैरेनी शाखा तनहुँको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

सम्पन्न रक्तदान कार्यक्रमबाट २१ पिन रगत संकलन गरिएको कार्यक्रमका संयोजक लियो समिर तामाङले जानकारि दिनुभयो । ‘गोरखामा अहिले पर्याप्त रगत छ, ’ उहाँले भन्नुभयो ‘ हामीले आवश्यकता अनुसार यस्ता कार्यक्रम गरिरहने उद्देश्यले थुप्रै रक्तदाताहरुलाई सम्पर्कमा राखेका छौं ।’

No description available.

‘रक्तदान नै जीवन दान’ भन्ने मुल नाराका साथ गोरखामा ब्लड बैंक स्थापना भएसंगै रगत अभाव नहोस भन्ने उद्देश्यका साथ कार्यक्रम गरिएको लियो क्लव अफ गोरखाका अध्यक्ष बाल कृष्ण परियारले बताउनुभयो।

लियो क्लव अफ गोरखाका अध्यक्ष परियारको सभापतित्व तथा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य, नेपाल रेडक्रस गोरखाका सभापति यदु बिलास भट्टराईलागायतले मन्तव्य राखेका थिए । लियो क्लव अफ गोरखा, टेलरिङ व्यवसायी संघ गोरखा र सचेत तथा बुद्धिजिवि युवा संजालको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

No description available.

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology