Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

शहीद लखन गाउँपालिकाद्धारा पालिका स्तरीय अस्पताल निर्माणका लागी ठेक्का सम्झौता


2K
Shares

शहीद लखन गाउँपालिकाद्धारा पालिका स्तरीय अस्पताल निर्माणका लागी ठेक्का सम्झौता

गोरखा, २३ भदौं  : गोरखाको शहीद लखन गाउँपालिकाले पालिका स्तरीय अस्पताल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । गाउँपालिकाले पालिका भित्र १५ शैयाको सुबिधा सम्पन्न शहीद लखन अस्पताल निर्माणका लागी ठेकेदार कम्पनीसंग सम्झौता गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो ।

अस्पताल निर्माण गर्न डागन बिकोन शंखपोखरी जेभीसंग १२ करोड ४८ लाख ६१ हजार ३ सय ८ रुपैयामा ठेक्का सम्झौता गरेको उहाँले बताउनुभयो । ‘सम्झौता भएको मिति दुई बर्ष भित्रमा अस्पताल निर्माणको काम सम्पन गर्नुपर्ने गरी सम्झौता भएको छ, गाउँपालिका अध्यक्ष थापामगरले भन्नुभयो,‘अब अस्पताल निर्माणको काम तत्काल अघि बढ्छ ।’

गाउँपालिकाले वडा नम्बर ५ स्थित तिनमानेको केउरेनीमा अस्पताल निर्मांण गर्न लागेको उहाँको भनाई छ । सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगर र ठेकेदार कम्पनीको तर्फबाट कम्पनीका प्रतिनिधि भरत गिरीले हस्ताक्षर गर्नुभएको अध्यक्ष थापामगरले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology