Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पालुङटार क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्ग निर्माण तत्काल अघि बढाउन नगरपालिकाको दवाब


3K
Shares

पालुङटार क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्ग निर्माण तत्काल अघि बढाउन नगरपालिकाको दवाब

गोरखा, २२ भदौं । मध्यपहाडी लोकमार्ग अन्तरगत पालुङटार नगरपालिका क्षेत्र भित्र पर्ने सडकखण्ड  निर्माणको काम अघि बढाउन नगरपालिकाले दवाव दिएको छ । ठेकेदारले काम अलपत्र छोडेर सम्पर्क बिहिन भएपछि नगरपालिकाले नगर क्षेत्र भित्र पर्ने सातदेवाटेदेखि ठाँटीपोखरीसम्मको निर्माणको काम तत्काल अघि बढाउनका लागि ठेकेदार कम्पनीलाई दवाब दिएको हो ।

नगरप्रमुख बिबस चिन्तनले बर्खाका बेला उक्त सडकखण्डमा यात्रुहरुले सास्ती खेप्नु परेको भन्दै सडक निर्माणको काम छिटोसक्ने गरी अघि बढाउन आयोजना कार्यालयमा पुगेर आग्रह गर्नुभएको थियो । ‘ठेकेदार कम्पनी काम छोडेर हिडेपछि सडक अलपत्र नै बन्यो, उहाँले भन्नुभयो, ‘सवै तिरबाट दवाब दिएपछि बल्ल ठेकेदार कम्पनी सम्पर्कमा आएको छ ।’

ठेकेदार सम्पर्कमा आएपछि मंगलबारदेखि  उक्त खण्डमा सडक निर्माणको काम पुनः सुरु भएको उहाँले बताउनुभयो । नगरप्रमुख चिन्तनले उक्त सडकखण्डको स्थलगत अबलोकन समेत गर्नुभएको छ । मध्यपहाडी लोकमार्गको निर्माण आरम्भ भएको अहिले सात वर्षभन्दा बढी भैसकेको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत झन्डै ६४ किलोमिटर सडकको भाग गोरखा जिल्लामा अवस्थित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology