Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

भीमसेन थापा गाउँपालिकामा राष्ट्रिय भूमि आयोगद्धारा अभिमुखीकरण कार्यक्रम सञ्चालन


2.4K
Shares

भीमसेन थापा गाउँपालिकामा राष्ट्रिय भूमि आयोगद्धारा अभिमुखीकरण कार्यक्रम सञ्चालन

गोरखा, २२ भदौं । राष्ट्रिय भूमि आयोग जिल्ला समिति गोरखाले भीमसेन थापा गाउँपालिकामा पालिका स्तरीय अभिमुखीकरण तथा सहजीकरण कार्यक्रम सञ्चालन गरेको छ । आयोगले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको पहिचान र प्रमाणीकरण समबन्धमा सहजीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा आयोगका जिल्ला अध्यक्ष कमला नहर्कीले आयोगले गर्ने काम लगायतका बिषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । त्यस्तै भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको पहिचान र प्रमाणीकरण प्रक्रिया लगायतका बिषयमा समेत अभिमुखीकरण प्रदान गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा आयोगका जिल्ला अध्यक्ष नहर्की, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल), उपाध्यक्ष अमृतादवी वस्ती (भट्ट), वडाध्यक्षहरु, गाउँकार्यपालिका सदस्यहरु, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारी, नेकपा माओबादी केन्द्र भीमसेन थापा गाउँपालिका अध्यक्ष सुजन पाण्डे (बिनोद) लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology