गोरखा, २० भदौ । गोरखा नगरपालिका वडा न ८ आहाले स्थित सरस्वती माविका विद्यार्थीहरुलाई प्राज्ञिक विद्यार्थी परिषद्ले शैक्षिक सामाग्री वितरण गरेको छ ।
प्राज्ञिक विद्यार्थी परिषद नेपालद्वारा आइतबार एक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।विद्यालयमा अध्ययनरत एक सय २० जना बालबालिकाहरुलाई दुईलाख ३५ हजारको शैक्षिक सामग्री वितरण गरेको प्राज्ञिक विद्यार्थी परिषदका राष्ट्रिय सह संगठन सचिव रमेश कंडेलले जानकारी दिनुभयो ।
विद्यार्थीहरुका लागि झोला, अंग्रेजी सिकाई पुस्तक, ज्यामिती बक्स, टोपी र विद्यालयलाई नेपाली अंग्रेजी शब्दकोष वितरण गरेको सचिव कंडेलले बताउनु भयो ।