Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आश्रमलाई कर्मचारी युनियनद्धारा खाद्यन्न सहयोग


1.7K
Shares

आश्रमलाई कर्मचारी युनियनद्धारा खाद्यन्न सहयोग

गोरखा, २० भदौ । गोरखा नगरपालिका वडा नं ६ स्थित मानव सेवा आश्रमलाई कर्मचारी युनियनद्धारा खाद्यान्न सहयोग गरेको छ ।

आश्रममा रहेका बालबालिकाहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले यूनियनको ३२ औँ स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग गरेको हो । युनियनले दुई बोरा आलु, एक प्याकेट तेल, कालोदाल १० केजी र चामल एक बोरा सहयोग गरेको यूनियन गोरखाका अध्यक्ष लेखबहादुर श्रेष्ठले जानकारी दिनुभयो । विगतमा पनि यूनियनको स्थापना दिवसको अवसरमा सहयोग गर्दै आएको र आगामि दिनमा समेत थप सहयोग गर्दै जाने श्रेष्ठले बताउनु भयो ।

यूनियन गोरखाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष गणेशप्रसाद भट्टराई, यूनियन गोरखाका उपाध्यक्ष कल्पना दवाडी लगायतका पदाधिकारी, आश्रमकी संयोजक मुना लामा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology