गोरखा, २० भदौ । गोरखामा रहेको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा झण्डौ एक महिना बन्द रहेको केवलकार सेवा भदौ २५ गतेदेखि संचालन हुने भएको छ ।
मर्मतको काम एक हप्ता अगाडि नै सम्पन्न भएकाले भाद्र २५ गते देखि केवलकार सेवा सञ्चालनमा लयाउन लागिएको मनकामना दर्शन प्रालीले जनाएको छ । एनालग प्रविधिमा सञ्चालनमा रहेको मनकामना केबलकार डिजिटल प्रणलीमा लानको लागी साउन २३ गतेदखि केवलकारको मर्मत नसकिँदा सम्मको लागि सेवा बन्द गरिएको थियो ।