Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गण्डकी गाउँपालिकाद्धारा तोमनडाँडामा मुख्य सेवा केन्द्र स्थापना गर्ने निर्णय


2.5K
Shares

गण्डकी गाउँपालिकाद्धारा तोमनडाँडामा मुख्य सेवा केन्द्र स्थापना गर्ने निर्णय

गोरखा, २० भदौ ः गोरखाको गण्डकी गाउँपालिकाले तोमनडाँडामा मुख्य सेवा केन्द्र स्थापना निर्णय गरेको छ । गाउँपालिकाको केन्द्र सार्ने प्रयास असफल भएपछि शनिबार बसेको गाउँकार्यपालिकाको बैठकले वडा नम्बर ६ स्थित तोमनडाँडामा मुख्य सेवा केन्द्र स्थापना गरी पालिकाबासीलाई सहज सेवा दिने गरेको गाउँपालिका अध्यक्ष दिपक तिमिल्सेना (साकार) ले जानकारी दिनुभयो ।

‘गाउँपालिका भित्रका अधिकांस वडाका बासिन्दालाई हाल केन्द्र रहेको भुम्लिचोकसम्म सेवा लिन आउन साह्रै सकस छ, उहाँले भन्नुभयो, ‘बर्खाका बेला त झनै हैरानी खेप्नु पर्ने बाध्यता छ यि समस्यालाई हल गर्न अब तत्कालका लागि तोमन डाँडामा मुख्य सेवा केन्द्र खोलेर भएपनि सेवा दिने निर्णय गरेका छौ ।’

मुख्य सेवा केन्द्रबाट गाउँपालिका बासीले सवै प्रकारका प्रशासनिक सेवा सुबिधा प्राप्त गर्ने अध्यक्ष तिमिल्सेनाले जानकारी दिनुभयो । ‘यो निर्णयले गाउँपलिकावासीले सहज रुपमा प्रशासनिक सेवा प्राप्त गर्नेछन्, उहाँले भन्नुभयो, पालिकाको केन्द्र नै सार्ने योजना भएपनि दुईतिहाई मत नपुग्दा सार्न सकिएन, हाम्रो प्रयास जारी रहन्छ ।

कांग्रेस र एमालेबाट निर्वाचित प्रतिनिधिले पालिका केन्द्र सार्न असहयोग गरेकाले जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न मुख्य सेवा केन्द्र सार्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका केन्द्रको बिषयमा असहमति जनाउदै कांग्रेस र एमालेका जनप्रतिनिधि गाउँसभा नै बहिस्कार गर्दै आएका थिए ।

गण्डकी गाउँपालिकामा माओवादी केन्द्रले वडा नम्बर ६ को वनटारमा पालिकाको केन्द्र सारेर जनतालाई सहज सेवा सुबिधा उपलब्ध गराउनु पर्ने बताउदै आएको छ भने कांग्रेस र एमाले भूम्लिचोक नै हुनुपर्ने अडान लिदै आएको छ । तोमनडाँडामा मुख्य सेवा केन्द्र सञ्चालनमा आएपछि पालिका भित्रका सवै वडाका नागरिकहरु सार्वजनिक यातायात चढेर सहज सेवा लिन जाउजाउँ गर्न सक्ने गाउँपालिका अध्यक्ष तिमिल्सेनाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology