स्याङ्जा, १९ भदौं । श्रीमतीको हत्याको हत्या आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–८ मा ४२ वर्षीया मञ्जु दमाईको हत्या आरोपमा उहाँका श्रीमान ४० वर्षीय गोपाल दमाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रबिन्द्र खनालले जानकारी दिनुभयो ।
भदौ १४ मा गोपालले कुटपिट गरेर टाउकोमा समेत हिर्काएपछि गम्भीर घाइते भएकी मञ्जुलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरामा लगिएको थियो । उहाँको उपचारको क्रममा को मृत्यु भएको प्रहरीको भनाई छ । मञ्जुको मृत्युपछि पक्राउ परेका पतीलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको डीएसपी खनालले बताउनुभयो ।