Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा पोखरीबाटै किसानले पालेको माछा चोरी


3.1K
Shares

गोरखामा पोखरीबाटै किसानले पालेको माछा चोरी

गोरखा, १७ भदौं । गोरखाको भीमसेन थापा गाउँपालिकामा किसानले पालेको माछा पोखरीबाटै चोरी भएको छ । बुधबार राती गाउँपालिकाको वडा नम्बर ५ बगुवा स्थित कालीमाटीमा स्थानीय कृषक सूर्यबहादुर बोहोरको माछा पोखरीबाट माछा चोरी भएको प्रहरीले जनाएको छ ।

पोखरी नजिक निर्माण गरिएको जस्ता चोरी भएको टहरा

‘करिब डेढ सय किलो जति माछा चोरी भएको छ, सूर्यबहादुरका छोरा दीपक बोहोराले, ‘कसले चोरी गर्यो भन्ने बारेमा भने एकिन भएको छ ।’ गएको चैतमा नै माछाका भुरा छोडिएका पोखरीबाट माछा चोरी भएको उहाँले बताउनुभयो । ‘भर्खरै माछाको भुरा छोडिएको तीन वटा पोखरीमा चलाइएको छैन, उहाँले भन्न्नुभयो,‘जुृनजुन पोखरीका माछा अलि ठूलो भएको थियोे ति पोखरीबाट माछा चोरी भएको छ ।

माछा संगै पोखरी नजिक निर्माण गरिएको ठहराको जस्ता समेत चोरी भएको उहाँले बताउनुभयो । पोखरीबाट करिब ७५ हजार रुपैया बराबरको माछा चोरी भएको अनुमान गरिएको बोहोराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology