गोरखा १६ भदौ । गोरखा अस्पतालले थाइराइडको परिक्षण सेवा सुरु गरेको छ । सुविधा सम्पन्न अस्पताल निर्माण भए लगत्तै अस्पतालले नयाँ नयाँ सेवाहरु प्रारम्भ गर्ने क्रममा थाइराइडको परिक्षण पनि सेवा सुरु गरेको हो ।
गोरखा अस्पतालले यो सेवा सुरु गरे लगत्तै बिरामीले जिल्ला बाहिर गएर परिक्षण गराउनु पर्ने बाध्यता हटेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो । ‘असार भित्रै सेवा दिने भएका थियौ, उहाँले भन्नुभयो, प्राविधिक हिसाबले काम सम्पन्न नभएका कारण भाद्र दोस्रो सातादेखि परिक्षण सेवा सुरु गरिएको छ ।
अस्पतालले अहिले साताको २ दिन मात्र थाइराइड परिक्षण गर्न थालेको छ । साताको मंगलबार र शुक्रबार गरेर २ दिन परिक्षण हुने गरेको छ । तर थाइराइड परिक्षणका लागि साताको सातै दिन रगत लिने काम भने भईरहेको पनि सूचना अधिकारी ढकालले जानकारी बताउनुभयो ।
अस्पतालले उक्त परिक्षणका लागि ९०० रुपैयाँ शुल्क तोकेको छ । मंगलबार परिक्षण गरिएको रिर्पोट बुधबार र शुक्रबार गरिएको परिक्षणको रिर्पोट आइतबार बिरामीलाई बितरण गर्ने गरिएको छ । अस्पतालले थाइराइड परिक्षणकै लागि बिरामीलाई बाहिर जिल्ला पठाउदै आएकोमा अबदेखि त्यो समस्या हटेको अस्पताल प्रशासनले जनाएको छ ।