गोरखा, १४ भदौ । शहिद लखन गाउँपालिकाले पालिका भित्रका फोहोरमैलाको बैज्ञानिक ढंगबाट व्यवस्थापनको तयारी गरेको छ ।गाउँपालिकाले पालिका भित्र उत्पादन हुने फोहोरलाई प्रसोधन तथा मलखादमा रुपान्तरण गर्ने गरी व्यवस्थापनको योजना तयार गर्न लागेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो ।
योजना निर्माणका लागि गाउँपालिका र मनकामना फोहोरमैला व्यवस्थापन समितिको आयोजनामा विज्ञ इ.ढुण्डीराज पाठक सहितको टोलीसँग छलफल गरेको छ ।अन्तरक्रिया कार्यक्रममा पालिका भित्रबाट निस्कने कुहिने तथा नकुहिने फोहोरको व्यवस्थापनबारे छलफल भएको गाँउपालिका अध्यक्ष थापामगरले जानकारी दिनुभयो ।
कुहिने फोहोरबाट मल बनाउन सक्ने तथा माकामनामा रहेको बोका र कुखुर सरसफाई केन्द्रबाट निस्कने लादीबाट गोबर ग्यास निकाल्न सकिने उहाँको भनाई छ । उहाँका अनुसार यसको कार्यन्वयनमा चरणबद्ध ढङगले जाने तयारी छ ।
‘विशेष गरी मनकामना, बजार क्षेत्र र समग्र पालिका भित्रबाट निस्कने फोहोरलाई वैज्ञानिक ढङ्गले कसरी व्यवस्थापन गर्न सक्निछ, उहाँले भन्नुभयो ‘त्यहाँ अलि बढी फोहोर उत्पादन हुने भएकाले त्यसलाई केन्द्रित गरेर व्यवस्थापन गर्ने बारे छलफल भएको छ ।’फोहोर व्यवस्थापनका लागि विज्ञहरु सँगै रहेर समग्रमा अनुगमन गरी कार्ययोजना निमार्ण गरेर बजेट के कति लाग्छ स्टमेट तयार पर्ने उहाँले बताउनुभयो ।
कार्ययोजना निमार्ण गर्न आवश्यक बजेटका लागी संघ प्रदेश वा कुनै संघसंस्था सँग मिलेर कार्यन्वयान गर्नेे उहाँले जानकारी दिनुभयो । ‘डाम्पिङ साइड बनाउनी होइन अब फोहोरबाट मोहोर निकाल्न के के गर्न सकिन्छ भन्नेबोर छलफल भएको छ ’ उहाँले भन्नुभयो ।
फोहोर व्यवस्थापनका लागि गाँउपालिकाको वडा नं. २ स्थित काठे खोलामा ल्यान्ड फिल्ड साइड बनाई सकेको मनकामना फोहोरमैला व्यवस्थापन समितिका अध्यक्ष दिनेश जोशीले जानकारी दिनुभयो । त्यहाँ सम्म जानको लागी मोटर बाटो निमार्ण भईसकेको साथै फोहोर बोक्न एउटा ट्यक्टरको पनि व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
‘बजारबाट लागेको फोहोर २ नं. वडा कार्यालयको वरपर डाँडामा अव्यवस्थित तरिकाले फालिएकाले समस्या भएको थियो ।’ उहाँले भन्नुभयो ‘अहिले त्यसको व्यवस्थापनको लागी खोजमा ल्याण्ड फिल्ड साइड बनाएका छौं । ’ पहिलैदेखि फोहोर व्यवस्थापन मनकामनामा समस्या रहेको उहाँले भनाई छ ।
उत्पादित फोहोर मध्ये नकुहिने फोहोरलाई प्रशोधित केन्द्रसम्म पुर्याउने लक्ष्य लिएको र कुहिने मल खाद बनाउने योजना रहेको व्यवस्थापन समितिका अध्यक्ष जोशीले बताउनुभयो । अध्यक्ष जोशीका अनुसार डिपिआरको काम एक महिना भित्रमा सक्ने तयारी रहेको छ ।
कार्यक्रममा विज्ञ टोली प्रमुख पाठक, इ.नारायण रिजाल र विदुर लामिछानेले प्रस्तुतीकरण गरेका थिए । अन्तरक्रिया कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष लामिछाने, वडा नं २ र ३ का जनप्रतिनिधि र विभिन्न संघसंस्था तथा राजनीति दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।