Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखासहित देशभरका विद्यालयमा विद्यालय कर्मचारी परिषद्को तालाबन्दी


2.1K
Shares

गोरखासहित देशभरका विद्यालयमा विद्यालय कर्मचारी परिषद्को तालाबन्दी

गोरखा, १२ भदौ । गोरखासहित देशभरका सामुदायिक विद्यालयमा विद्यालय कर्मचारी परिषद्ले तालाबन्दी गरेको छ ।

विभिन्न जिल्लामा तालाबन्दी भएको र उपत्यकामा पनि तालाबन्दी गरिरहेको परिषद्ले जनाएको छ ।

उपत्यकाको विद्यालय तालाबन्दी गर्नको लागि ४१ सदस्यीय समिति गठन भएको परिषद्का महासचिव शान्तिनाथ योगिले जानकारी दिनुभयो ।

जिल्लामा तालाबन्दी गरिसकेको साथै उपत्यकाका विद्यालय बन्द गर्न अनुरोध गरिएको उहाँले बताउनु भयो ।

जबर्जस्ती ताला लागाउँदा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकारले लिनुपर्ने उहाँको भनाइ छ ।

सरकारले तलबमा विभेद गरेको भन्दै विद्यालय कर्मचारीहरु यही भदौ १ गतेदेखि आन्दोलित हुँदै आएका छन् । उनीहरूको माग सम्बोधन नभएसम्म निरन्तर आन्दोलन गर्ने अडान लिंदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology