गोरखा, १० भदौ । बारपाक सुलिकोट गाउँपालिकाद्धारा बिपद् जोखिम व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न गरिएको छ ।
संघिय मामिला मन्त्रालयको आयोजना तथा इनसेकको समन्वयमा गाउँपालिकाले बिपद् जोखिम व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न गरेको हो ।
२९ जनाको सहभागिता रहेको तालिममा विपद् जोखिम न्युनिकरणमा स्थानियकरण वियषलाई जोड दिएर प्रशिक्षण गराएको गाँउपालिकाकी उपप्रमुख सन माया गुरुङले जानकारी दिनुभयो ।
तालिममा विपद् जोखिम न्युनिकरणका लागी के के गर्न सकिन्छ ? पूर्व तयारीको उपायहरु, विपद् पछि उद्धार र रहात वितरणको बारेमा सिकाएको उहाँले बताउनु भयो । तालिमलाई इनसेकका प्रतिनिधि नरेश ओझा र चेत प्रसाद अंगाईले प्रशिक्षण गराउनु भएको थियो ।
गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टको अध्यक्षतामा सम्पन्न भएको तालिममा उपप्रमुख गुरुङ, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।
