गोरखा, ९ भदौ । गोरखामा एक युवकको इनारमा डुबेर मृत्यु भएको छ ।
पालुङटार नगरपालिका—७ च्याङ्लीका २९ वर्षका प्रेमबहादुर कुमालको घर नजिकैको इनारमा डुबेर मृत्यु भएको हो ।
हिजो बुधवार साँझदेखि घरपरिवारको सम्पर्कमा नरहेका उहाँलाई आज बिहान इनारमा डुबेको अवस्थामा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लीलाराज लामिछानेले जानकारी दिनुभयो।
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको टोलीले घटनास्थल पुगेर घटनाको मुुचुल्क तयार गरि शव पोष्टमार्टमका लागि गोरखा अस्पताल पठाएको उहाँले बताउनु भयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।