Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको मनासलु सहित तिन वटा हिमाल आरेहणको लागी अनुमति दिन सुरु


1K
Shares

गोरखाको मनासलु सहित तिन वटा हिमाल आरेहणको लागी अनुमति दिन सुरु

गेरखा, ९ भदौ । गोरखाको मनासलु सहित तिन वटा हिमाल आरोहणको लागि पर्यटन विभागले अनुमति दिन सुरु गरेको छ । मनास्लु हिमाल (८१६३ मि.),  हिमलुङ   हिमाल  (७१२६ मि.) र सारिबुङ हिमाल (६३४६ मि.) सहित तिन हिमाल चढ्न पर्यटन विभागले अनुमति जारी गरेकोको हो ।

विभागका अनुसार शरद ऋतुमा ३ वटा हिमाल आरोहणका लागि बुधबारसम्म कुल १५ जनाले अनुमति लिइसकेका छन् । यी हिमाल चढ्न ३ वटा टिमका १५ जनाले अनुमति लिएका छन् । यसमा तीन जना महिला छन् । तीन हिमालमा जारी भएको अनुमतिबाट विभागले १३ लाख ७३ हजार २४२ रुपैयाँ रोयल्टी समेत संकलन गरेको छ ।

विभागका अनुसार यस सिजनका लागि अर्जेन्टिनाबाट ८, जर्मनीबाट २, इटालीबाट २, जापानबाट २ र स्पेनबाट १ जनाले अनुमति लिएका छन् । शरद ऋतुमा सगरमाथा भन्दा अन्य हिमालमा बढी आरोही आउने गर्छन् । यस सिजनमा साना हिमाल चढिसकेपछि वसन्त ऋतुमा सगरमाथाका लागि तयारी गर्नेहरु बढी हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology