Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

चितुवाको आक्रमणबाट एक बालक गम्भीर घाइते


1.5K
Shares

चितुवाको आक्रमणबाट एक बालक गम्भीर घाइते

गोरखा, ८ भदौं ।  चितुवाको आक्रमणबाट एक बालक गम्भीर घाइते भएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर १ स्थित उपल्लो फाँट नजिकै चितुवाले बालकलाई आक्रमण गरेर घाइते बनाएको हो ।

चितुवाको आक्रमणबाट स्थानीय   ३ बर्षका सुलभ परियार गम्भीर घाइते भएका हुन् । परियारको अबस्था चिन्ताजनक रहेको छ । आफ्नै घरको आगनमा खेलीरहेका बेला बालकलाई चितुवाले आक्रमण गरेको थियो ।

बालक चिच्याएपछि आमाले दौडदै चितुवाबाट बच्चालाइ खोस्न सफल भएको स्थानीयको भनाई छ । आक्रमणबाट बालकको टाउको, अनुहार र गर्धनमा चोट लागेको छ ।  घाइतेको स्थानीय क्लिनकमा प्राथामिक उपचारपछि थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology