गोरखा, ८ भदौ । लियो जिल्ला परिषद् ३२५ जे नेपालका लियो क्लव चियर पर्सन लायन रामराजा थापाले जन्म महिनाको अवसरमा अनाथ बालबालिकालाई स्टेशनरी सामग्री वितरण गर्नु भएको छ ।
लायन्स क्लव अफ गोरखा, लायन्स क्लव अफ गोरखा कालिका र लियो क्लव अफ गोरखाले सदरमुकामस्थित बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययरत २४ जना अनाथ विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको हो ।
चियर पर्सन थापाको जन्म महिनाको अवसरमा लायन लियो डे मनाउने उद्देश्यले संयुक्त रुपमा कार्यक्रम गरिएको सचिव मिलन उपरकोटीले जानकारी दिनुभयो ।
शैक्षिक क्षेत्रमा यथासक्य टेवा पु¥याउने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको लियो क्लव अफ गोरखाका अध्यक्ष बालकृष्ण परियारले बताउनु भयो ।
लियो क्लव अफ गोरखाका अध्यक्ष परियारको अध्यक्षता तथा लायन्स क्लव अफ गोरखाका पूर्व अध्यक्ष तथा लियो एड्भाईजर लायन श्यामबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिव थापा, कार्यक्रम संयोजक तथा शिक्षा संयोजक लियो रचना बसेल, क्लवका बिभिन्न पदाधिकारीहरु र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।