गोरखा, ७ भदौ । गोरखाको भिमसेन थापागाउँपालिकाले अपांगता भएका दुई जनालाई हिव्ल् चियर बितरण गरेको छ । गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) ले वडा नम्मर २ का लेखनाथ भट्ट र उपाध्यक्ष अमृतादेवी वस्ती (भट्ट) ले वडा नम्बर १ की कोपिला बिकलाई ह्विलचियर वितरण गर्नु भएको हो ।
त्यस्तै गण्डकी बृद्धा आश्रममा सामुहिक प्रयोजनको लागी समेत एउटा हिव्ल् चियर वितरण गरेको गाउँपालिकाले जनाएको छ । । रोटरी कल्ब अफ गोरखाले गाउँपालिकालाई उपलब्ध गराएको ह्विलचियर वडा भित्रका अपांगता भएका व्यक्तिहरुलाई बितरण गरेको गाउँपालिका अध्यक्ष बन्जराले जानकारी दिनुभयो ।
हिव्ल चियर बितरणक कार्यक्रममा वडा नम्मर १ का वडा अध्यक्ष ऋषी लामीछाने र वडा नम्मर २ का वडा अध्यक्ष नारायण प्रसाद भट्टराईको पनि सहभागिता रहेको थियो ।