Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पालुङटार नगरपालिकाको आर्थिक बर्ष ०७८/ ०७९ बार्षिक समिक्षा गोष्ठी सुरु


2.9K
Shares

पालुङटार नगरपालिकाको आर्थिक बर्ष ०७८/ ०७९ बार्षिक समिक्षा गोष्ठी सुरु

गोरखा, ७ भदौं । गोरखाको पालुङटार नगरपालिकाको गत आर्थिक बर्ष २०७८/ ०७९ को बार्षिक समिक्षा गोष्ठी आजदेखि सुरु भएको छ । गत आर्थिक बर्षमा भएका बिकास निर्माण योजना तथा बजेट कार्यान्वयनको अबस्था बारे गोष्ठीमा समिक्षा हुने नगरपालिकाका प्रमुख विवस चिन्तनले जानकारी दिनुभयो ।

समिक्षा गोष्ठीमा नगरपालिकाका बिभिन्न शाखाले गरेका कामका बिषयमा बार्षिक प्रतिवेदन प्रस्तुत गरी छलफल सुरु भएको छ । सवै शाखाले पेश गरेको बार्षिक प्रतिवेदन माथि गम्भीर समिक्षा हुने नगरप्रमुख चिन्तनको भनाई छ । ‘गत बर्षमा भएका काम, हुन नसकेका योजना तथा कार्यक्रमको बिषयमा समिक्षा गरी आगामी दिन सुधार गर्नुपर्ने बिषयमा समिक्षाबाट एउटा निस्कर्ष निकाल्न सजिलो हुन्छ, उहाँले भन्नुभयो, ।

कार्यक्रममा नगरपालिकाका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारी, बिभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरु, जनप्रतिनिधि, प्रमुख राजनीतिक दलका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको छ । कार्यक्रमको नगरप्रमुख चिन्तनले उद्घाटन गर्नुभएको हो । समिक्षा गोष्ठी भोलीसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology