गोरखा, ६ भदौ : गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिका भित्रका एक सयभन्दा बढी युवाहरुलाई क्षमता अभिबृद्धिका लागि अभिमुखीकरण तालिम प्रदान गरेको छ । गाउँपालिका भित्र रहेका युवाहरुलाई स्वरोजगारको क्षेत्रमा प्रेरित गर्न तथा पालिकाको बिकास निर्माणमा भूमिका खेल्ने गरी उत्प्रेरणा दिन बिभिन्न बिषयमा अभिमुखीकरण तालिम प्रदान गरिएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) ले जानकारी दिनुभयो ।
‘बेरोजगार युवाहरु श्रमसंग कसरी जोड्न सकिन्छ भन्ने बिषयमा अनुभव प्राप्त व्यक्ति तथा बिज्ञहरुको सुझाव युवाहरुसम्म पु¥याउन युवाहरुलाई नै जोडेर गाउँपालिकाले अभिमुखीकरण कार्यक्रम गरेको हो, उहाँले भन्नुभयो, ‘पालिका भित्रका युवालाई कतै नै कतै श्रमसंग जोडेर पालिकाको बिकासमा लगाउनुपर्छ भन्ने योजना सहित यस्ता खालका कार्यक्रम निर्माण गरिएको हो ।’
अध्यक्ष बन्जराले गाउँपालिकाले अब छिट्टै सवै वडाहरुमा युवाहरुको न्युनतम १० जनाको स्वयसेवक टिम निर्माण गर्ने र उनिहरुलाई बिपत व्यवस्थापन, श्रमदान लगायतका क्षेत्रमा परिचालन गर्ने बताउनुभयो । ‘स्वयसेवक टिमलाई स्वयसेवक रुपमा मात्र काम लगाउने नभएर रोजगारीको क्षेत्रमा पनि जोड्नुपर्छ, उहाँले भन्नुभयो, ‘युवाहरुमा सिप क्षमताको बिकास गर्न सकिएन भने रोजगारी दिन सकिदैन त्यसका लागि अभिमुखीकरण तालिम संग जोड्न सुरु गरिएको हो ।’
गाउँपालिकाले सहभागी युवाहरुलाई बिपत व्यवस्थापन, उद्यमशिलता, बित्तिय सारक्षरता तथा सफ्टलोन बिषयक अभिमुखीकरण तालिम प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो । ‘युवाहरुलाई बित्तिय साक्षरता तथा सहुलिय ऋण प्राप्त गर्ने तरिका तथा प्राबिधिक सिप बिकास लगायका बिषयमा समेत तालिम प्रदान गरिएको हो, उहाँले भन्नुभयो, त्यस बाहेक उद्यम व्यवसायको सुरुवातका लागि व्यवसायीहरुको अनुभव आदान प्रदानले युवाहरुमा उत्साह थपिएको छ ।’
तालिममा सहभागी भएका सवै युवाहरुको अनुभव र क्षमता गाउँपालिकाले रेर्कडको रुपमा डाटा तयार समेत गरेको उहाँको भनाई छ । ‘अब गाउँपालिकालाई आबश्यक परेका अबस्था ति युवाहरुलाई परिचालन गर्न सकिने अबस्था बनेको छ, उहाँले भन्नुभयो, हरेक युवाको काम गर्न सक्ने क्षमता, योग्यता र अनुभव गाउँपालिकाले रेर्कड तयार गरेर राखेको छ ।’
सोही अबसरमा युवाहरुलाई सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर गुल्मले बिपत व्यवस्थापन तालिम समेत प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत अधिकारीले जानकारी दिनुभयो । अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक नेपाल गोरखाका शाखा प्रबन्धक कपिल कार्कीले बित्तिय साक्षरता तथा युवाहरुलाई सहुलियत पूर्णकर्जा सम्बन्धी अभिमुखीकरण तालिम, चितवन उद्योग बाणिज्य संघका उपाध्यक्ष युवराज वस्तीले उद्यम व्यवसाय सुरुवात, सिटीइभिटीबाट सन्जिता लामिछानेले प्राबिधिक सिप बिकास लगायतका बिषयमा प्रशिक्षण प्रदान गर्नुभएको उहाँले बताउनुभयो ।
त्यस्तै गाउँपालिकाका इन्जिनियर कपिल पनेरुले योजना निर्माण, योजनाको गुणस्तर लगायतको बिषयमा युवाहरुले खेल्न सक्ने भूमिकाको बारेमा युवाहरुलाई अभिुमखीकरण प्रदान गर्नुभयो भने स्थानीय व्यवसायिक कृषक भक्त श्रेष्ठले युवाहरुलाई कृषि पेशाका बिषयमा अनुभव आदान प्रदान गर्नुभएको गाउँपालिकाले जनाएको छ ।