गोरखा, ६ भदौ । एकिकरण नेपाल गोरखाले सामाजिक परिक्षण सम्पन्न गरेको छ । ह्याण्डिक्याप्ट ईन्टरनेशनलको आर्थिक सहयोग एवं गोरखा नगरपालिको समन्वयमा संचालित स्वास्थ्य तथा सामाजिक सुरक्षामा अपाङ्गता भएका महिला तथा बालबालिकाहरुको पहुँचमा सहजीकरण परियोजनाको परीक्षण गरिएको हो ।
एकिकरण नेपालले गोरखा नगरपालिकाका विगत पाँच वर्षमा सम्पन्न गरेको मुख्य क्रियाकलापहरु स्वास्थ्य तथा पुनस्र्थापना, समावेशी शिक्षा तथा जिविकोपार्जनको क्षेत्रमा काम भएको संस्थाका निर्देशक हरि देवकोटाले जानकारी दिनुभयो । समावेशी शिक्षा सम्वन्धि नीति निर्माण, क्षमता विकास तथा, अपाङ्गता भएको व्यक्तिहरुलाई शैक्षिक साहयता उपलब्ध गराएको उहाँले बताउनुभयो ।
त्यसै गरि यो संस्थाले एक हजार नै सय उन्नाइस जना व्यक्तिले गोरखा अस्पतालवाट नियमित रुपमा फिजियोथेरापी सेवा, स्वास्थ्य स्वयसेविका, स्वास्थ्यकर्मीहरुलाई गर्भधारणको वेला अपाङ्गता हुने कारणहरु, अपाङ्गता पहिचान लगायत विषयमा तालिम प्रदान गरेको जानकारी गराएको छ । यस्तै २४ जना व्यक्तिलाई जीविकोपार्जनमा सहयोग, कोभिडको समयमा १२३ परिवारलाई खाद्यान्न सहयोग, गोरखा अस्पताललाई कोभिड विरुद्ध लड्को लागि विभिन्न सहयोग, सुचना प्रचार प्रसार सामग्रीहरु प्रदान गरेको देवकोटाले जानकारी दिनुभयो ।
गोरखा नपाको प्रमख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकालले कार्यक्रमले नगरक्षेत्र भित्रका बिपन्न समुदाय र ब्यक्तिलाई प्रत्यक्ष फाईदा पुगेको बताउाुभयो । साथै उहाँले सकरात्मक पक्षलाई नगरपालिकाले भोलिको दिनमा अनुशरण गर्ने बताउनु भएको छ।
त्यसै गरि नगरप्रमुख कृष्णवहादुर रानाले भोलिका दिनमा पनि नगरमा थप कार्यक्रम संचालन गरि नगरपालिकाको समग्र कार्यक्रममा सहयोग गर्न अनुरोध गर्नुभयो । सामाजिक परिक्षण कार्यक्रमलाई पत्रकार महासंघ गोरखाको अध्यक्ष नरहरी सापकोटा र पत्रकार मोहसिन अलि मियाँले सहजीकरण गर्नु भएको थियो् ।
कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण बहादुर राना, हेण्डीक्याप इन्टरनेशनल नेपालकाका कार्यकारी संयोजक महेन्द्र विक्रम शाह, नेत्रहिन संघ गोरखाका अध्यक्ष पवन बस्नेत, गोरखा नगरपालिका शिक्षा शाखा प्रमुख चन्द्रवहादुर खड्का, स्वास्थ्य शाखाको प्रमुख इश्वर रेग्मी, सामाजिक विकास शाखाको अधिकृत अम्वीका घिमिरे, जिल्ला प्रशासनको संघसंस्था शाखाको श्याम शुन्दर ढकाल, गोरखा अस्पतालको अध्यक्ष लाल प्रसाद श्रेष्ठ, प्रवक्ता कृष्ण ढकाल, फेकोफनको अध्यक्ष, संचारकर्मी, विशेष कक्षा संचालन भएका विद्यालयको प्रतिनिधि, महिला स्वास्थ्य स्वयं सेविका, लाभग्राहीको उपस्थिती रहेको थियो ।