गोरखा, ५ भदौ । निर्माण व्यवसायी संघ गोरखाले थप पदाधिकारी र सदस्य चयन गरेको छ । आइतबार बसेको संघको नियमित वैठकले थप पदाधिकारी र सदस्य चयन गरेको हो ।
वैठकले संघको वरिष्ठ उपाध्यक्षमा हिमाल कन्स्ट्रक्सनका संचालक राजबाबु लामिछाने, उपाध्यक्षमा गोरखा कालिका निर्माण सेवाका संचालक दिनेश गुरुङ, सचिवमा क्रस्टल कस्ट्रक्सन प्रालीका संचालक किरणबाबु श्रेष्ठ, सहकोषाध्यक्षमा ए वान कस्ट्रक्सनका संचालक उमेश अर्याल र कार्य समिति सदस्यमा वन्त कस्ट्रक्सनका संचालक रिसर्च वन्त चयन भएका छन् । निर्माण व्यवसायी संघ गोरखाको १९ सदस्यी कार्यसमिति बनेको महासचिव भोला मरहट्टले जानकारी दिनुभयो ।
अझै दुई जना सदस्य मनोनित गर्न सक्ने प्रावधान रहेको रहेको छ । संघको पदाधिकारी र सदस्यलाई निर्माण व्यवसायी संघ गोरखाका अध्यक्ष सुर्य भण्डारीले पद तथा गोपनीयता सपथ ग्रहण गराउनु भएको थियो ।