गोरखा, ३ भदौ । गोरखा सदरमुकाममा आजदेखी सुरु भएको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गर्नुभएको छ । अध्यक्ष दाहालले पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गर्नुभएको हो ।
जेसिज क्षेत्र ‘ख’ अन्तरर्गतको ३९ शाखा र ४ जुनियर शाखा गरी ४३ शाखाका पदाधिकारी तथा नेपाल जेसीज क्षेत्र ‘क’, ‘ग’ तथा ‘घ’ का पदाधिकारीहरु समेत सहभागी भएका छन् ।
नेपाल जेसीजको आयोजना तथा गोरखा जेसीजको आतिथ्यतामा भएको सम्मेलन शनिबार सम्पन्न हुनेछ ।
यस बिच सहभागी जेसीजहरुलाई नेतृत्व बिकास सहितका विभिन्न ३ वटा तालिम प्रदान गरिने छ भने गोरखा जिल्लाको ऐतिहासिक, पुरातात्वीक र धार्मिक संपदाहरुको बारेमा श्रब्यदृष्य तथा नजिकका धार्मिक तथा पर्यटकीय स्थलमा लाने र ल्याउने ब्यवस्था आयोजकले गरेको छ ।
कार्यक्रम निर्देशक भगवान बाबु मास्केका अनुसार देशैभरका करिब ६०० सय जेसीज र अतिथी गरी कार्यक्रममा ९०० जनाको सहभागीता रहेको छ ।