गोरखा, २९ साउन । सिरानचोक गाउँपालिका ८ जौबारीमा रहेको बाघडाँडा जंगलमा एक जना वृद्वको शव फेला परेको छ । बारपाक सुलिकोट ७ सौरपानी घर भएका ८५ बर्षिय धनराज गुरुङको मृत शरिर फेला परेको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
आफ्नो घरमा कोही नभए पछि लामो समयदेखी छोरी उजेली गुरुङको घरमा बस्दै आउनु भएको उहाँ साउन १९ गते गाईबस्तु लिएर जंगल चराउन जानु भएदेखी सम्पर्क बिहीन हुनु भएको थियो ।
त्यस दिन रातीसम्म पनि बाबु घर नफर्किए पछि २० गते छोरी उजेली र ज्वाई श्यामले प्रहरीमा खबर गरेका थिए । २० गतेदेखी नै प्रहरी र स्थानियले खोजी गर्दा पनि फेला नपरेका गुरुङको शव २७ गते भने जंगलमा सडीगलेको अवस्थामा फेला परेको थियो ।
साउन २७ गते १२ः३० बजे साम्पानी भन्ने जंगलमा मृत फेला परेका धनराजको शव स्थानिय र जनप्रतिनिधीको रोहबरमा ज्वाई श्याम गुरुङलाई बुझाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
प्रहरीको प्रारम्भीक अनुसन्धानमा वृद्व धनराज भिरबाट लडेर उठन नसकेको अवस्थामा जस्तो देखिएको जानकारी दिएको छ । गोरखा प्रहरीले घटना बारेमा थप अनुसन्धान भई रहेको जनाएको छ ।