Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पाँचदिने एडभान्स सिलाई कटाई तालिम सम्पन्न


2K
Shares

पाँचदिने एडभान्स सिलाई कटाई तालिम सम्पन्न

गोरखा, २६ साउन । गोरखा सदरमुकाममा स्वचालित पाँचदिने एडभान्स सिलाई कटाई तालिम सम्पन्न भएको छ ।

टेलरिङ व्यवसायी संघ गोरखाको आयोजनामा साउन २१ गतेदेखी सञ्चालन भएको तालिमको आज एक कार्यक्रम गरी समापन गरिएको संघका महासचिव बिकासबाबू परियार जानकारी दिनुभयो ।

संघले आफ्नो व्यवसायिक सदस्यहरुको व्यवसायमा टेवा पु¥याउने उद्देस्यले पाँचदिने क्षमता अभिबृद्धी (एड्भान्स कोर्स) तालिमको सञ्चालन गरेको महासचिव परियारले बताउनुभयो ।

उधोग बाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष बाल कृष्ण परियारको अध्यक्षतामा समापन भएको तालिममा ५० जना सदस्यहरुको सहभागीता रहेको थियो । उधोग बाणिज्य संघ गोरखाका अध्यक्ष श्रेष्ठले सिटिभिटि र घरेलु तथा साना उधोगबाट पाउने सेवासुविधाबारे सहजीकरण गरिदिने प्रतिबद्धता गर्नु भयो ।

कार्यक्रममा नेपाल टेलरिङ व्यवसायी महासंघ नेपालका केन्द्रिय सचिव सोमबहादुर अछामी, वरिष्ठ उपाध्यक्ष शंकर परियार, सचिव दिपक दनार्ल , कोषध्यक्ष होम बहादुर परियार, बिमला अंगाईको उपस्थिति रहेको थियो । तालिमलाई महासंघका संस्थापक सदस्य धिपेन्द्र कारन्जितले प्रशिक्षण गराउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology