Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा लागुऔषध सहित दुई युवक पक्राउ


1.6K
Shares

गोरखामा लागुऔषध सहित दुई युवक पक्राउ

गोरखा, २५ साउन । गोरखामा लागुऔषध सहित दुई युवक पक्राउ परेका छन् ।

प्रहरीले मंगलबार साझँ शहिद लखन गाउँपालिका ३ दरौंदी नयाँपुलको द सेरुजा रेष्टुरेन्टबाट लागुऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा आबुँखैरेनी गाउँपालिका ३ चिसापानीका ३२ बर्षका उमेश श्रेष्ठ र युवराज गुरुङ रहेको डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट डाइजोपाम एम्पुल,नोफिन एम्पुल र फेनेरागन ४८/४८ थान र सिरिञ्ज ५ थान बरामद गरीएको डिएसपी लामिछानेले बताउनु भयो ।

पक्राउ परेका दुबैजनालाई आज लागु औषध मुद्धा दर्ता गरी अदालतबाट हिरासतमा राखी अनुसन्धानका लागि म्याद थपको अनुमति लिईएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology