गोरखा, २४ साउन । राष्ट्रिय महिला आदीबासी जनजाती महासंघ समन्वय परिषद् गोरखाको अध्यक्षमा मिना गुरुङ चयन हुनु भएको छ । गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
उपाध्यक्षमा सुकमाया तामाङ, सचिवमा राधिका कुमाल, सह—सचिवमा मेलिना बराम, कोषाध्यक्षमा विमला थापा मगर चयन भएका छन् ।
यस्तै सदस्यहरुमा हिमला गुरुङ, गीता मल्ल (श्रेष्ठ), विना देवी श्रेष्ठ, रसु भु्जेल, सरिता गुरुङ, राम माया राना, माया राना र निर्वतमान अध्यक्ष नानु माया थापा मगर निर्वाचित भएको सचिव कुमालले जानकारी दिनुभयो ।
गत साउन २२ गतेको बैठकले सिफारिस गरिएको पदाधिकारीहरुलाई आज गरेको २८ औं विश्व आदीबासी दिवस तथा प्रथम अधिवेशनबाट कार्यसमिति गठन गरिएको उहा“ले बताउनु भयो ।
यस्तै आजै आदीबासी जनजाती नगर समितिको दोस्रो अधिवेशनबाट आदीबासी जनजाती नगर समिति पनि चयन गरिएको छ ।
समितिको अध्यक्षमा कर्ण बहादुर गुरुङ, उपाध्यक्षमा पाकुली माया तामाङ्ग, सचिवमा राहुल बज्राचार्य, सह—सचिवमा सर्मिला कुमाल, कोषाध्यक्षमा बल बहादुर कुमाल निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा मतालु गुरुङ, लक्ष्मण श्रेष्ठ, रत्न बहादुर थापा मगर, विनिता बराम, सिता राना मगर, मान बहादुर राना मगर, गौरी तामाङ्ग र निर्वतमान अध्यक्ष भरत राना मगर निर्वाचित भएको नगर कार्यसमितिले जानकारी दिएको छ ।
सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन् ।