Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गाेरखा घर भएका एक पुरूष १४ दिनदेखी बेपत्ता


2.5K
Shares

गाेरखा घर भएका एक पुरूष १४ दिनदेखी बेपत्ता

 

गोरखा,२४ साउन । गोरखा घर भई हाल गैडाकोट बस्दै आउनु भएका एक पुरुष बिगत १४ दिनदेखी सम्र्पक विहिन भएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका १ घ्याम्पेशाल स्थायी घर भई हाल नवलपुरको गैडाकोट बस्दै आउनु भएका अर्जुन बस्ताकोटी  साउन ११ गतेदेखी परिवार संग सम्र्पक बिहिन भएका हुन् ।

साउन ११ गते परिवार संग पोखरामा उपचारको लागि जान लागेको भन्दै घरबाट निस्किनु भएका बस्ताकाेटी आजसम्म पनि सम्र्पकमा नआएको भतिजा नामराज बस्ताकोटीले जानकारी दिनुभयाे । घाँटीमा सामान्य खटिरा देखिएका उहाँ उपचारकै लागी भनेर पोखरा जानू भएकाे थियाे ।

४६ बिर्षय बस्ताकोटी घरबाट निस्कीए पछि साउन १२ गते दिउसो १ बजे रुपन्देहीबाट सम्र्पकमा आएको भएता पनि त्यस पछि मोबाइल अफ भएको र आजसम्म पनि सम्र्पकमा नआएको उहाँले जानकारी दिनुभयाे। अर्जुनले ९८१४१०८०८७ नम्बर साउन १२ गते दिउसो १ बजेर १ मिनेटदेखी स्वीच अफ भएको छ ।

नमराजले दिनु भएकाे जानकारी अुनुसार साउन ११ गते राती ११ः३० बजे पोखराको पृथ्वीचोक लोकेशन देखाएको भएता पनि १२ गते १ बजेर १ मिनेटमा रुपन्देही लोकेशन देखाएको थियाे । घरमा भएको ५–६ बर्षका सानो बावुलाई ४१ पटक फोन गरेका अर्जुन बस्ताकोटी त्यस पछि भने सम्र्पक विहीन हुनु भएकाे हाे ।

उहाँकाे खोजीमा स्थानियदेखी प्रहरी लागेको भएता पनि हालसम्म पत्ता लगाउन नसकिएको पारिवार स्रोतले जनाएको छ । उहाँलाई कोही कसैले कतै देखेमा भतिजा नमराज बस्ताकोटीको मोबाइल नम्बर ९८६६०३१७२९ वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन पनि परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology