Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा पुस्तकालय व्यवस्थापन सम्बन्धि तालिम सुरु


2.8K
Shares

गोरखामा पुस्तकालय व्यवस्थापन सम्बन्धि तालिम सुरु

गोरखा, २३ साउन । गोरखामा पुस्तकालय व्यवस्थापन सम्बन्धि तालिम दुई दिने तालिम सुरु भएको छ ।

एकिकरण नेपाल गोरखाको आयोजनामा रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र जिल्लाका ८ स्थानीय तहहरुसंगको सहकार्यमा आजदेखी पुस्तकालय व्यवस्थापन तालिम सुरु भएको हो ।

तालिममा सिरानचोक र शहिद लखन गाँउपालिका गरि २५ जना सहभागी रहेको एकिकरण नेपाल गोरखाले जनाएको छ ।

दुई दिन सम्म संचालन हुने तालिममा पुस्तकालयको परिभाषा, महत्व, व्यवस्थापन, वालमैत्री पुस्तकालय व्यवस्थापन तथा प्रयोगको वारेमा छलफल हुने रुम टु रीडको साक्षरता अधिकृत तथा प्रमुख प्रशिक्षक एल वी खड्काले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शहिद लखन गाँउपालिकाको अध्यक्ष रमेश वावु थापा मगरले पुस्तक र पुस्तकालयको महत्व दिन प्रति दिन वढ्दै गएको बताउनु भयो ।

सिरानचोक गाँउपालिकाको अध्यक्ष ज्ञानेन्द्र गुरुङले तालिममा सिकेका कुराहरु विद्यालयमा गएर अन्य शिक्षकहरुलाई पनि सिकाएर ज्ञान र व्यवस्थापनको दायरा बढाउन अनुरोध गर्नुभयो।

एकिकरण नेपाल गोरखाको कार्य समिति सदस्य सीताराम तिवारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा गाउँपालिको अध्यक्षदय थापा मगर, गुरुङ, एकिकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटा, रुम टु रीडको फिल्ड कार्यक्रम व्यवस्थापक शुशिल तिम्सीना लगायतले मन्तव्य राख्नु भएको थियो ।

विभिन्न ८ चरणमा गरि २०० जना शिक्षकलाई तालिम पश्चात कार्यक्रम लागु भएका एक सय वटा विद्यालयमा पुस्तकालय स्थापना गरिने निर्देशक देवकोटाले जानकारी दिनुभयो ।

यो कार्यक्रम जिल्लाको गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, अजिरकोट, सिरानचोक, भिमसेन थापा, गण्डकी, शहिद लखन र बारपाक सुलिकोट गाउँपालिकामा संचालन भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology