Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पालुङटार नगरपालिकाले राख्यो जोखिम मोलेर वारपार गर्नुपर्ने चुत्ती खोलामा अस्थायी कल्भट


3.2K
Shares

पालुङटार नगरपालिकाले राख्यो जोखिम मोलेर वारपार गर्नुपर्ने चुत्ती खोलामा अस्थायी कल्भट

गोरखा, २२ साउन । हरेक बर्ष बाढी आएपछि जोखिम मोलेर वारपार गर्नुपर्ने पर्ने बाध्यता रहेको गोरखाको पालुङटार नगरपालिका–९ सेरा स्थित चुत्ती खोलामा नगरपालिकाले अस्थायी कल्भट हालेको छ । नगरपालिकाको उपल्लो सेरा, सिस्नेरी हुदै सेरा सडकखण्डमा आउजाउ गर्ने उक्त खोलामा बर्खामा पानीको सहत बढेसंगै आसपासका बासिन्दाहरु ज्यान नै जोखिम मोलेर खोला ओहोरदोहोर गर्नु बाध्य हुदै भएपछि नगरपालिकाले स्थायी कल्भट राखेको नगरप्रमुख बिबस चिन्तनले बताउनुभयो ।

‘यो स्थायी समाधान त होइन, उहाँले भन्नुभयो,‘ तै पनि सम्भावित दुर्घटना हुन नदिन अस्थायी रुपमा भनेपनि केही गर्नुपर्छ भन्ने सोचेर कल्भट हालिएको हो, यसबाट धेरै हदसम्म सहज हुन्छ ।’ खोला बढेका बेला नजिकै रहेको त्रिवेणी माध्यामिक बिधालयका बिधार्थीहरुलाई दैनिक रुपमा बिधालय आउजाउका लागी समेत कठिन हुदै आएको थियो ।

‘पहिलेदेखि नै त्यहाँका बासिन्दाहरुले समस्या भोग्दै आएका हुन्, गत जेठ १७ गतेको अविरल बर्षाका कारण झनै क्षती पुगेपछि थप समस्या भयो, उहाँले भन्नुभयो, ‘तत्काल आउजाउमा सजिलो भएको छ ।’ नगरप्रमुख बिबसले समस्या समाधानका लागि नगरपालिका स्थायी समाधान खोज्ने समेत बताउनुभयो । ‘बिधालय आउने जाने गर्दा बालबालिकालाई खोलाले बगाउला भन्ने डर भयो, उहाँले भन्नुभयो, अभिभावकहरु बालबालिका बिधालयबाट घर नर्फकिएसम्म चिन्तामा पर्नुपर्ने बाध्यता थियो त्यसले स्थानीयसंग छलफल गरेर कल्भट राखेका छौ ।’

चुत्ति खोलामा पानी सतह बढेका बेला हरेक बर्ष बिधार्थीहरुलाई शिक्षक अभिभावकहरु जम्मा भएर खोला वारपार गराउनुपर्ने बाध्यता रहदै आएको थियो । ‘पानी परेपछि खोलामा बाढी आउने र बिधार्थीहरु बोकेर, दुई जनाले झुण्डएर खोला तार्नुपर्ने बाध्यता थियो, उहाँले भन्नुभयो, समस्याको तत्कालिन समाधानको अरु बिकल्प नभएपछि अस्थायी समाधान स्वरुप कल्भटको व्यवस्था गरिएको हो ।’

पानी परेर खोला बढेपछि भोर्ले रिपथोक, थापथोक सिस्नेरी, भुसाल गाउँ लगायत आसपासका क्षेत्रका १५० सय भन्दा बढी बिधार्थीहरु बिद्यालय जान नसक्ने अबस्था थिएन । त्यसबाहेक ति क्षेत्रका अन्य बासिन्दाहरुलाई ओहोरदोहोर गर्न समस्या हुदै भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology