गोरखा, १८ साउन । गोरखा प्रहरीले आज एक जना फरार अभियुक्त पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नं.१ बस्ने २९ वर्षीय मती गुरुङ रहेको प्रहरी नायब उपरिक्षक लिलाराज लामिछाने जानकारी दिनुभयो ।
गुरुङ जिल्ला अदालतबाट वन मुद्दामा १७ दिन कैद तोकिई फरार रहेका थिए । उनलाई पक्राउ गरी कैद भुक्तानको लागि कारागार कार्यालय गोरखा पठाईएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।