गोरखा, १८ साउन : गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङका ८० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई लौरो बितरण गरिएको छ । वडा नम्बर ६ स्थित अश्राङमा १ सय ३० जना जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई लौरो बितरण गरेको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिनुभयो ।

‘लौरोको साहारा लिएर हिडडुल गर्नुपर्ने अबस्थामा रहेका जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुको पहिचान गरि लौरो बितरण गरेका छौ, उहाँले भन्नुभयो, ‘बुढेसकालको साहारा लौरो पाएपछि जेष्ठनागरिक समेत खुशी भएका छन् ।’
गाउँपालिकाले जेष्ठ नागरिक सन्मान कार्यक्रम अन्र्तगत पहिलो चरणमा १३० जनालाई बितरण गरिएको वडाध्यक्ष रिमालले बताउनुभयो । ‘सवैलाई एकैपटक बितरण गर्न नसकेपनि पहिलो चरण अति आबश्यक व्यक्तिहरुको पहिचान गरि लौरो बितरण गरिएको हो, उहाँले भन्नुभयो, ‘त्यस बाहेक बाँकी रहेकाहरुका लागि अन्य व्यवस्था गर्ने योजनामा वडा कार्यालय छ ।’
लौरो संगसगै जेष्ठनागरिकहरुलार्ई हर्सिक्स समेत बितरण गरेको उहाँले जानकारी दिनुभयो ।