Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

भिमसेन थापा गाउँपालिकाले शुरु गर्यो डिजिटल प्रबिधी सूचना प्रणाली


1.8K
Shares

भिमसेन थापा गाउँपालिकाले शुरु गर्यो डिजिटल प्रबिधी सूचना प्रणाली

गोरखा, १८ साउन । भिमसेन थापा गाउँपालिकाले डिजिटल प्रबिधी सूचना प्रणाली शुरु गरेको छ ।

पालिकाको वेवसाईटमा राखिएका सूचनाहरुलाई क्यूआर कोड जेनेरेट गरी मोबाईलबाटै स्क्यान गर्न र सूचना छिटो छरितो प्राप्त गर्ने माध्यम अपनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।

आफ्ना सूचनाहरु जनस्तरसम्म पुर्याउनका लागी डिजिटल प्रबिधि सूचना प्रणाली मार्फत सार्वजनिक गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनु भयो । क्यूआर कोड स्क्यान गरी अब नागरिकले सिधै सूचना लिन सक्ने छन् ।

सूचना प्रबिधि अझ डिजिटल र छिटो छरितो प्राप्त गर्ने खालको हुनु पर्नेमा उहाँले जोड दिनुभयो । सूचना प्रबिधिमा भएका विकासक्रमलाई पालिकाले सक्दो प्रयोग गर्ने र जनस्तरसम्म पुर्याउने कुरामा कटिबद्ध भएको समेत उहाँले उल्लेख गर्नु भयो।

अब छिटै पालिकाको एप बन्ने प्रकृयामा छ । एप निर्माण भएसँगै हरेक नागरिकले सबै जानकारी मोबाईलबाटै प्राप्त गर्ने पनि उहाँको दाबि छ । ‘डिजिटल प्रबिधीयुक्त सूचनाको लागी आ.ब. २०७९/०८० को बजेट तथा कार्यक्रमलाई क्यूआर कोडमार्फत स्क्यान गरेर हेर्न मिल्ने बनाईएको छ ’ उहाँले भन्नुभयो ‘बिस्तारै अन्य सूचनाहरु पनि डिजिटल फम्र्याटमा प्रकाशन गरिने छ ।’

उहाँका अनुसार अब पालिकाले जारी गर्ने सूचनाहरु पालिको आधिकारीक वेबसाईट तथा आधिकारीक फेसबुक पेजबाट लिन सक्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology