गोरखा, १७ साउन । लगातारको बर्षका कारण गएको पहिरोले आज मध्यान्हदेखि अबरुद्ध गोरखा–आँबुखैरेनी सडक खण्ड सञ्चालनमा आएको छ ।
मंगलबार पृथ्वीराजमार्ग अन्र्तगत पर्ने गोरखा नगरपालिका वडा नम्बर १३ स्थित तीन किलो नजिकै घुम्तीमा माथिबाट पहिरो खसेर सडक अबरुद्व भएको थियो ।

गोरखा नगरपालिकाको पहलमा सडक डिभिजन कार्यालय सँग समन्वय गरी पहिरो हटाए संगै दुई तर्फी यातायात सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख वेदनाथ भण्डारीले जानकारी दिनुभयो ।
पहिरोका कारण केही घण्टा यातायात अबरुद्व हुदा सर्व साधारण यात्रुहरुले सास्ती ब्यहोनु परेको थियो ।

