Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ताप्लेमा सडक भासियो, गोरखा—आरुघाट सडक खण्डमा यातायात अवरुद्ध


6.3K
Shares

ताप्लेमा सडक भासियो, गोरखा—आरुघाट सडक खण्डमा यातायात अवरुद्ध

गोरखा, १६ असार । वर्षका कारण सडक भासिए पछि आज बिहानदेखि गोरखा— आरुघाट सडक खण्डमा यातायात अवरुद्ध भएको छ । गोरखा नगरपालिका २ ताप्लेको जुगेपानी भन्ने ठाउँमा सडक भासिएपछि सवारी साधन संचालन हुन नसकेको हो ।

शनिवार पनि सडक भत्किएपछि जेसिभी लगाएर सडक बनाइएको थियो । आईतवार रातीको पानीले फेरी सडक अवरुद्ध भएको र खुलाउने तयारी भईरहेको वडा अध्यक्ष रहमतुल्ला मियाँले जानकारी दिनुभयो ।

सडक भासिए पछि गोरखादेखि आरुघाट, घ्याम्पेशाल, बोर्लाङ लगायत ठाउँमा जाने यात्रु तथा मालबहाक सवारी साधन चल्न सकेको छैन । यस अघि पनि पहिरो बगिरहने उक्त ठाउँमा सडक भासिएपछि थप जोखिम बढेको छ । सडक माथिको बस्ती समेत जोखिममा परेको अध्यक्ष मियाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology